arrow

एमाले महाधिवेशन

नेतृत्व चयनका लागि घमासान, आफ्नो पक्षमा भोट माग्दै नेताहरू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
uml-mahadiveshans.jpg

काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु हुन लाग्दा भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा चुनावी रौनक निकै बढेको छ। ११औँ महाधिवेशनमा विशेषगरी अध्यक्ष र महासचिव जस्ता मुख्य पदहरूमा तीव्र प्रतिस्पर्धा हुने देखिएपछि नेताहरू अहिले मतदाता फकाउन र आफ्नो पक्षमा भोट माग्न व्यस्त छन्।

अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बीच प्रतिस्पर्धा हुने भएको छ। दुवै प्रभावशाली नेताहरू मैदानमा उत्रिएपछि महाधिवेशन प्रतिनिधिहरू विभाजित देखिएका छन्। त्यसैगरी, पाँच जना उपाध्यक्ष पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन्, जसले गर्दा यो पदको भिडन्त झन् रोचक बनेको छ।

महासचिव पदमा पनि कडा प्रतिस्पर्धा देखिएको छ। निवर्तमान महासचिव शंकर पोखरेल र नेता सुरेन्द्र पाण्डे बीच सिधा प्रतिस्पर्धा हुने भएपछि महाधिवेशन स्थलमा दुवै पक्षका समर्थकहरूले प्रचारप्रसारलाई तीव्र पारेका छन्। अहिले महाधिवेशन स्थल विभिन्न उम्मेदवारका ब्यानर, पम्प्लेट र प्रचार सामग्रीले रङ्गीचङ्गी देखिएको छ भने नेताहरू समूह-समूहमा बाँडिएर अन्तिम कसरतमा जुटेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ