arrow

काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट ५७ लाखको धनमाल चोरी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
nepal-police12.jpg

काठमाडौँ। काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट सोमबार एकैदिन लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न पाँच स्थानबाट सुनका गरगहना र नगदसहित करिब ५७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो।

काठमाडौँको तारकेश्वर नगरपालिका–११ नेपालटारमा सुनिता बजगार्इंको कोठाबाट रु २ लाख ९१ हजार र तारकेश्वर–२ काभ्रेस्थलीमा जयराम अधिकारीको घरबाट रु ३ लाख ७७ हजार बराबरको चोरी भएको छ। यस्तै, काठमाडौँ महानगरपालिका–१५ मा धर्मरत्न शाहीको कोठाबाट सुनचाँदीका गरगहना र ल्यापटप गरी करिब रु ७ लाख ४० हजार बराबरको धनमाल लुटिएको प्रहरीले जनाएको छ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि ठूलो परिमाणमा चोरी भएको छ। महालक्ष्मी–१ भैरव टोलमा जानेन्द्रलाल कर्णको कोठाबाट रु ४ लाख ४ हजार र कृष्ण मन्दिर चोक नजिकै बाबुराम पाण्डेको कोठाबाट सबैभन्दा बढी रु ३९ लाख ४७ हजार बराबरको धनमाल चोरी भएको छ।

प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ