arrow

निर्वाचन नहुने भ्रम फैलाए सैह्य हुँदैन: गृहमन्त्री अर्याल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
om-prakash-aryals.jpg

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भनि भ्रम फैलाउने काम गरिए सैह्य नहुने चेतावनी दिएका छन्।

सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले निर्वाचनबाट भाग्ने र हुँदैन भनेर भ्रम फैलाउने तथा सुशासनलाई कमजोर बनाउने काम गर्नु न्यायोचित नहुने स्पष्ट पारेका हुन्। उनले विशेषगरी एमालेलाई लक्षित गर्दै यो टिप्पणी गरेका थिए।

मन्त्री अर्यालले वर्तमान सरकार नै निर्वाचन गराउने गरी गठन भएको उल्लेख गर्दै त्यस कामलाई सम्पन्न गर्न लागिपरेको बताए। उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन र जनताले अनुभूति हुनेगरी निष्पक्ष ढंगबाट कार्यसम्पादन गराउने गरी आवश्यक योजना तयार गरी कार्यान्वयनमा लैजान पनि सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन्।

गृहमन्त्री अर्यालले भने, "निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन भनि भ्रम फैलाउने र सुशासनलाई कमजोर बनाउने काम कहीँकतैबाट पनि गर्नु र गराउन न्यायोचित हुँदैन। यो सरकारको निर्माण नै निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्य अनुरुप भएको हो।"

उनले गण्डकी प्रदेशमा रहेका सुरक्षाका चुनौतीहरूको सामना गर्न सक्षम हुने गरी प्रदेश र जिल्लाहरूलाई आ–आफ्ना सुरक्षा योजनाहरू तयार गरी कार्यान्वयनमा ल्याउन निर्देशन दिए। मन्त्री अर्यालले सुरक्षा निकायहरूको कार्यशैली जनताले महसुस गर्नेगरी सुधार हुनुपर्ने र कानुन राज्यको अवधारणा अनुरुप स्वतन्त्र र निष्पक्ष ढंगबाट कार्यसम्पादन गरी आम नागरिकमा सुशासनको अनुभूति गराउन पनि सचेत गराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ