युवाको प्रतिनिधित्व सुनिश्चित गर्दै रोजगारी सिर्जनातर्फ एमाले अघि बढ्नुपर्छ : सन्तोष खड्का [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
554
Shares
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य र महाधिवेशनको लागि काठमाडौँ क्षेत्र नं १० को तर्फबाट युवा प्रतिनिधि सन्तोष खड्काले अब युवाको प्रतिनिधित्व सुनिश्चितता गरेर रोजगारीको अवसर सिर्जना गर्ने बाटो तर्फ अगाडि बढ्नु पर्ने बताएका छन् ।
उनले आफ्नो एजेण्डा संरचना निर्माण, रोजगारी, शिक्षा र सामाजिक अवसर सुनिश्चित, डिजिटल र प्रविधिको क्षेत्रमा युवाको सहभागिता, न्याय र समानताको नीति निर्माण रहेको बताए ।
उनले भने, ‘अबको नेतृत्व क्षमता बढाउन पारदर्शिता हुनुपर्छ । युवाको प्रतिनिधित्व सुनिश्चितता गर्ने, संरचना निर्माण गर्नुपर्छ, रोजगारी, शिक्षा र सामाजिक अवसर सुनिश्चित गर्ने, डिजिटल र प्रविधिको क्षेत्रमा युवाको सहभागिता लिने सामुहिक न्याय र समानताको नीति निर्माण गर्नुपर्छ ।’
एउटा युवा एजेण्डामा स्पष्ट र संगठनमा दबाब सिर्जना गर्न सक्ने भयो भने मात्र उनीहरूको भूमिका निर्णायक हुने पनि उनको भनाइ छ ।
उनले भने, ‘जब एउटा युवा एजेण्डा लिएर स्पष्ट हुन्छ र संगठनमा दबाब सिर्जना गर्न सक्छ, तब उनीहरूको भूमिका निर्णायक हुन्छ जस्तो लाग्छ । युवा भोटिङ शक्ति, बहस र नीति निर्माण, प्रक्रियामा सक्रिय सहभागिताले महाधिवेशनको परिणाममा महत्वपूर्ण प्रभाव पार्न सक्छ ।’
पार्टीले युवा नेतृत्व ल्याएर युवालाई सहजिकरण गर्ने निर्णय लिन्छ भन्ने विश्वास रहेको पनि उनको भनाइ छ ।