काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सम्पन्न बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने निर्णय गरेको छ।
यो सङ्ख्या एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा कायम रहेकै हो। अध्यक्ष केपी शर्मा ओलीले बैठकमा उक्त निर्णयबारे जानकारी दिए। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूले विधान महाधिवेशनबाट पारित विषयलाई नचलाउन माग गरे पनि बैठकले बहुमतले ३०१ सदस्यीय कमिटी कायम गर्ने निर्णय गरेको हो।
अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन समारोहमा पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजनीतिक दलको औचित्य पुष्टि भएको बताए।