काठमाडौं । आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा कास्यपदक जितेका नेपालका बक्सर चन्द्रबहादुर थापा मगर आज स्वदेश फिर्ता हुँदैछन्।
चन्द्रबहादुर नेपालको बक्सिङ इतिहासमा विश्व च्याम्पियनसिपमा सेमिफाइनलमा प्रवेश गरी कास्य जित्ने पहिलो खेलाडी हुन्।
प्रतियोगिताको सेमिफाइनलमा उनी काजकस्तानका खेलाडी विवोसिनोसँग ५–० को स्कोरमा पराजित हुँदै चौथो स्थानमा सीमित भएका थिए। यससँगै उनले ७५ हजार अमेरिकन डलर (अमेरिकी डलर) हात पारेका छन्।
नेपालको खेलकुद इतिहासमा कुनै पनि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको एकल स्पर्धामा यति ठूलो रकम हात पार्ने उनी पहिलो खेलाडी बनेका छन्।