काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बिहानै नारायणी नदीमा निर्माण शुरू भएको सिग्नेचर ब्रीजको निरीक्षण गरेका छन् ।
शनिबार बिहान मन्त्री घिसिङले चितवन र नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमा बन्न लागेको नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’को निरीक्षण गरेका हुन् ।
उनले कार्यतालिकामा तय गरिएका माइलस्टोन हासिल गरि ठेक्का सम्झौता बमोजिम समयमा निर्माण सम्पन्न गरी नमूना परियोजनाको रुपमा उदाहरणीय रुपमा प्रस्तुत हुने गरी कार्य अघि बढाउन आग्रह गरे ।
४२० मिटर लम्बाइ रहेको उक्त पुल रु १ अर्ब ६९ करोड लागतमा बन्न लागेको छ भने पुलको मुख्य निर्माण शुरू गर्नु अगाडिका काम भइरहेको छ ।
पुलको मनसुन शुरू हुनु अघि नै पाएल फाउन्डेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पुलको निर्माण २०८४ जेठ भित्र सम्पन्न गर्ने कार्यतालिका रहेको छ । पुलको लम्बाइ ४२० मिटर रहेको छ ।
पुलको मुख्य विशेषताको रुपमा दुइ ठुला पाइलोन कन्क्रिट टावरमा स्टे-केवलबाट पुललाइ सपोर्ट गर्ने सिस्टम छ ।
यसैगरी मन्त्री घिसिङले नारायणी तटबन्दको बिषयमा पनि जानकारी लिएका छन् ।