arrow

कुलमानले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
election-falgun2102082-1.jpg

काठमाडौँ । उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौँ क्षेत्र नम्बर ३ स्थित बौद्ध, चुच्चेपाटीमा रहेको जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन्। उनी सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको उम्मेदवार समेत रहेका छन्।

सभापति घिसिङले बिहानै मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्। काठमाडौँ क्षेत्र नम्बर ३ मा यस पटक कुल ६४ हजार ४७९ जना मतदाताहरू कायम रहेका छन्। यस क्षेत्रमा घिसिङ र अन्य प्रमुख दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ