arrow

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको पदभार ग्रहण

सुशासनको प्रत्याभूति र संगठित अपराधको जालो तोड्ने श्रममन्त्री भण्डारीको प्रतिबद्धता [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
bhanddar-sharam-mantri.jpg

काठमाडौँ। नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आम नागरिकलाई सुशासनको प्रत्याभूति हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार अपरान्ह सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उनले सञ्चारकर्मीमाझ श्रम क्षेत्रमा देखिएको संगठित अपराधको जालो तोड्न कठोर कदम चाल्ने घोषणासमेत गरे। उनले सो काम गर्नका लागि स्पेशल टास्कफोर्स नै बनाएर अघि बढ्न सकिने विचार राखे।

मन्त्री भण्डारीले लामो भाषण नभई काम गरेर देखाउने अठोट लिएको बताए। उनले भने, "संगठित किसिमका जति पनि गिरोहहरू छन्, तिनीहरूलाई पक्कै कठोर कारबाही गर्नुपर्छ। यो जालो तोड्नै पर्छ। यसका लागि सम्बन्धित गृह प्रशासन र प्रहरीका साथीहरूसँग पनि मैले सहकार्य गर्नुपर्ने हुन्छ। एक्शन आम नागरिकलाई सुशासनको प्रत्याभूति कम्तिमा अनुभूत गरून् भन्ने किसिमले काम गर्ने योजना छ।"

मन्त्री भण्डारीले गृह मन्त्रालयको समन्वयमा आफूले श्रम सम्बन्धी अपराध अनुसन्धानको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ