विराटनगर। मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
प्रहरी उपरीक्षक कवित कटवालले दिएको जानकारीअनुसार, इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले गएराति २१ किलो ६६ ग्राम गाँजा बरामद गरेको हो। उक्त गाँजा २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको थियो।
घटनापछि गाँजा ओसारपसारमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।