arrow

देशका अधिकांश भू-भागमा मौसम सफा, तराई र उपत्यकामा हुस्सु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
meteorological-forcasting-d.jpg

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

आज बिहान गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। यद्यपि, कोशी प्रदेश, मधेश प्रदेशका तराई भू-भाग र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यकाका एक-दुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लागेको छ।

दिउँसोको पूर्वानुमान अनुसार, कोशी प्रदेशको उच्च पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। त्यसैगरी, राती देशभर मौसम मुख्यतया सफा रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ