प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
781
Shares
काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदैछ। दुई पक्षबीच आज दिउँसो ३ बजे वार्ता हुन लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रसाईंले सरकारसँग राजसंस्था पुनःस्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायतका विभिन्न मागहरू राखेका छन्। उनले ती मागहरू पूरा नभए पुनः आन्दोलन गर्ने चेतावनी दिइसकेको अवस्थामा आजको वार्तालाई राजनीतिक वृत्तमा महत्वपूर्ण रूपमा हेरिएको छ।
यो वार्ता प्रधानमन्त्री र आन्दोलनकारी पक्षबीच देखिएको गतिरोध अन्त्य गर्ने दिशामा केन्द्रित रहने अपेक्षा गरिएको छ।