देशभर पश्चिमी वायुको प्रभाव: हल्का वर्षा र हिमपातको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
809
Shares
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै, कोशी प्रदेश र बागमती प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा पनि हल्का हिमपातको सम्भावना रहेको छ।
रातीको समयमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।