arrow

देशका चुनौती पार गर्न संघीय संसद एकजुट हुनुपर्छ : अध्यक्ष दाहाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
narayan-dahal-sartriya-sabha.jpg

काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशको अगाडि धेरै चुनौतीहरू खडा भएको उल्लेख गर्दै त्यसलाई पार लगाउने जिम्मेवारी पूरा गर्न सबैले गम्भीर भएर लाग्नुपर्ने बताएका छन्।

संसद सेवा दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संघीय संसद देशको मुख्य अंग भएकाले मुलुकका समस्यालाई हेरेर मात्रै बस्न नमिल्ने बताए। उनले हरेक समस्या समाधानका लागि संघीय संसद सचिवालयका कर्मचारीहरू एकतावद्ध भएर सामना गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

अध्यक्ष दाहालले जिम्मेवारी बोधको महत्त्वमाथि प्रकाश पार्दै भने "हामीले जहाँ जति जिम्मेवारी लिएका छौँ, त्यसलाई पूरा गर्नसके सामान्य कर्मचारी पनि ठूलो बन्न पुग्छ। अहिले देशको अगाडि नै धेरै चुनौतीहरू खडा भएका छन्। यसलाई पार लगाउने जिम्मा पनि हामी हाम्रो ठाउँमा छौँ।"

उनले संघीय संसदलाई प्रभावकारी बनाउने गरी काम गर्न पनि मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ