arrow

उत्साही आलु किसान [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
potato-farmer-82821-qqq (5).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काभ्रेपलाञ्चोक । यतिबेला पनौती नगरपालिका ९ सुन्थान क्षेत्रका किसानहरु आलु भित्राउन व्यस्त देखिन्छन् । सो क्षेत्रमा धान रोप्ने र भित्राउने काम सकेपछि असोजको पहिलो हप्ता आलु रोप्न सुरु गरी अहिले भित्राउने काम भइरहेको छ ।

सो क्षेत्रका किसानहरूले वर्षमा दुई पटकसम्म आलु उत्पादन गर्ने गर्दछन् । आलुमा अझै पूर्णरुपमा आत्मनिर्भर बन्न नसकेको नेपालमा पछिल्लो पाँच वर्षको तथ्यांक अनुसार बर्सेनि ६ देखि ८ अर्ब रुपैयाँ बराबरको आलु आयात भइरहेको देखिन्छ। 

गत आर्थिक वर्ष २०८१–८२ मा ७ अर्ब १० करोड ४२ लाख रुपैयाँ बराबरको २ लाख ८७ हजार टन आलु आयात भएको देखिन्छ । नेपालमा आलुको वार्षिक उत्पादन करिब ३१ देखि ३५ लाख मेट्रिक टन रहेको र वार्षिक माग करिब ३३ देखि ३७ लाख मेट्रिक टन रहेको  तथ्यांकको तथ्याङ्क देखिन्छ । यो  उत्पादनले नेपाललाई ११ महिनाका लागि आत्मनिर्भर बनाएको देखाउँछ भने बाँकी १ महिनाका लागि आयात गर्नुपर्न अवस्था छ ।

potato-farmer-82821-qqq (3).jpg
potato-farmer-82821-qqq (4).jpg
potato-farmer-82821-qqq (5).jpg
potato-farmer-82821-qqq (6).jpg
potato-farmer-82821-qqq (7).jpg
potato-farmer-82821-qqq (8).jpg
potato-farmer-82821-qqq (9).jpg
potato-farmer-82821-qqq (10).jpg
potato-farmer-82821-qqq (11).jpg
potato-farmer-82821-qqq (12).jpg
potato-farmer-82821-qqq (13).jpg
potato-farmer-82821-qqq (14).jpg
potato-farmer-82821-qqq (15).jpg
potato-farmer-82821-qqq (16).jpg
potato-farmer-82821-qqq (17).jpg
potato-farmer-82821-qqq (1).jpg
potato-farmer-82821-qqq (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ