arrow

एम्बुलेन्सबाटै गाँजा बरामद

५१ किलो गाँजासहित चालक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
nepal-police12.jpg

सर्लाही। सर्लाहीमा एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ। हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्सलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार, नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्स गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो। एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ।

एम्बुलेन्स चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैबीच, सोही जिल्लाको लालबन्दी नगरपालिका–११ हिरापुरबाट लालबन्दी नगरपालिका–१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई ५२ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ