arrow

अरनिको राजमार्ग: डेढ वर्षदेखि रोकिएको पलुबजार खण्डको स्तरोन्नति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
araniko-road-istarunati.jpg

काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा सडक स्तरोन्नतिको काम पुनः सुरु भएको छ।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोका अनुसार साँगा–धुलिखेल खण्ड विस्तारका क्रममा पलुबजार क्षेत्रमा सडकको मध्यविन्दुलाई लिएर सडक किनारका जग्गाधनीहरूले काममा अवरोध गरेपछि यो खण्डको स्तरोन्नति डेढ वर्षदेखि रोकिएको थियो। अवरोध हटेपछि अहिले काम सुरु भएको हो।

आयोजनाको प्रगति हेर्दा, साँगा–धुलिखेल खण्डमा ६० प्रतिशत र सूर्यविनायक–साँगा खण्डमा ४५ प्रतिशत काम पूरा भएको छ। यो खण्डमा केही स्थानका छ वटा घर भत्काउन भने अझै बाँकी रहेको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ