arrow

कर्मचारीहरु समाजप्रति उत्तरदायी हुनुपर्छ : मुख्य न्यायधीश

logo
प्रकाशित २०७३ माघ २९ शनिबार
dang_nyayadhish.jpeg
दाङ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायधीश बम कुमार श्रेष्ठले सरकारी कर्मचारीहरु समाज प्र्रति सदैव उत्तरदायि बन्नुपर्ने बताएका छन् । उनले कर्मचारीहरु सामाजिक सेवामा हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताएका हुन् । सरकारी निकायका कर्मचारीहरु स्थानियका सामाजिक मुद्धाहरुमा हातेमालो गर्दै जाँदा समाजबाट सकारात्मक सहयोग प्राप्त गर्न सकिने बताउँदै उनले कर्मचारीहरु समाजमा हुने कामहरुमा सहभागी बनेर समाज रुपान्तरण गर्न भूमिका खेल्नु पर्ने सुझाव पनि दिए । 
 
अफिसर्स क्लव तुलसीपुरको १८औ साधारण सभालाई उद्घाटन गर्दै क्लवका मूख्य संरक्षक समेत रहेका न्यायधीश श्रेष्ठले विभागीय कामका अतिरिक्त सामाजिक सेवालाई पनि सँगसँगै अगाडि बढाएर समाजमा स्थापित हुनुपर्ने धारणा राखे । 
 
कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले कर्मचारीहरु समाजका सहयोगी बन्न सक्नुपर्ने भन्दै हरेक कर्मचारीले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताए । कर्मचारीहरु स्थानियको सहयोग विना केहि पनि गर्न नसक्ने भन्दै समुदाय सगं हरेक कामहरुमा हातेमालो गर्दै अगाडि बढ्न समेत कर्मचारीहरुलाई निर्देशन दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ