मधेसमा ७७ सांसदको समर्थनसहित कांग्रेसका यादव मुख्यमन्त्रीको दौडमा
प्रदेशको नेतृत्वका लागि कृष्ण यादवले गरे दाबी पेश
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १९ शुक्रबार
905
Shares
काठमाडौँ । मधेस प्रदेशको राजनीतिक नेतृत्वका लागि सातदलीय गठबन्धनले नेपाली कांग्रेसका नेता कृष्ण यादवको नेतृत्वमा प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गरेको छ।
सात राजनीतिक दलले कृष्ण यादवलाई मुख्यमन्त्रीको रूपमा अघि सार्दै मधेस प्रदेश सरकारको नेतृत्वका लागि दाबी पेश गरेका हुन्।
यो सात दलीय राजनीतिक गठबन्धनमा जसपा नेपाल, नेपाली कांग्रेस, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, लोसपा नेपाल र नेकपा एस रहेका छन्।
कृष्ण यादव नेतृत्वको सरकारलाई कुल ७७ जना सांसदको समर्थन रहेको जनाइएको छ।