arrow

स्वास्थ्योपचारको अभाव झेलिरहेका व्यक्तिको उद्धार गर्दै  सुनील शर्मा

भने- सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई १० लाख पुर्‍याओस्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १९ शुक्रबार
sunil-sharma-uddhar.jpg

काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं काठमाडौं मेडिकल कलेज (केएमसी) का सञ्चालक डा. सुनील शर्माले नेपालमा स्वास्थ्य बीमा कार्यक्रमको सीमा बढाएर रु. १० लाखसम्म पुर्‍याउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन्।

शुक्रबार भक्तपुरको कौशलटारस्थित हनुमन्ते खोलाको पुलमुनि बस्दै आएका इलामका एक नागरिकलाई उद्धार गरी केएमसी अस्पतालमा उपचार शुरु गराउने क्रममा उनले यस्तो भनाइ राखेका हुन्।

डा. शर्माले हालको स्वास्थ्य बीमा कार्यक्रमलाई पाँच लाखबाट बढाएर १० लाखसम्म पुर्‍याउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले यसबारेमा सार्वजनिक महत्वको प्रस्ताव नै संसदमा दर्ता गरिसकेको जानकारी दिँदै वर्तमान सरकारलाई यसबारेमा उचित कदम चाल्न आग्रह गरेका छन्। 

उनले भने, "लाखौँको संख्यामा नेपाली जनताको अवस्था घर भएपनि गरिबी र आततायी अवस्था भएको लाखौँको संख्यामा नागरिकहरु छन् । यो सरकारीस्तरबाटै समाधान हुनुपर्छ । हामीले दुई,चार हजार मान्छे बोकेर हल हुँदैन । राज्यको नीतिले नै हल गर्नुपर्छ, यस्तो समस्या।" उनले राज्यको नीतिबाटै नेपाली जनताको स्वास्थ्योपचारको ग्यारेन्टी हुनुपर्ने जिकिर गरेका छन्।

उनले एक हजार शैय्याको निःशुल्क उपचार गर्ने अस्पताल निर्माण गर्ने आफ्नो लक्ष्य रहेको पनि उल्लेख गरेका छन्। उनले उद्धार गरेका ती इलामका नागरिकको पेट सुन्निएको एक हप्ता भइसकेकाले उपचार जरुरी रहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ