arrow

भीमसेन थापाको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १९ शुक्रबार
Kageshwori_Manahora_Nagarpalika.png

काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले उक्त जानकारी दिएका छन्।

वडाध्यक्ष थापाको निधनमा शोक व्यक्त गर्दै नगरपालिकाले शोक विज्ञप्ति जारी गरेको छ। यसै सन्दर्भमा, पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयहरूमा आज (शुक्रबार) बिदा दिइएको नगरपालिकाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ