arrow

देशभर मौसम सफा, सुदूरपश्चिम र कर्णालीमा आंशिक बदलीको सम्भावना

काठमाडौँ उपत्यका को न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस, अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसबीच रहने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १९ शुक्रबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाको अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यसैगरी, आज राति सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली हुनेछ ।

काठमाडौँ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसबीच रहने अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ