कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीको घोषणा [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
1k
Shares
काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक रूपमा घोषणा भएको छ । प्रज्ञा प्रतिष्ठानमा पार्टीको औपचारिक घोषणा गरिएको हो ।
घोषणा सभा कार्यक्रममा प्रमुख अतिथिका रूपमै ऊर्जामन्त्री घिसिङ सहभागी भएका हुन् । अहिलेको चुनावी सरकारबाट कोही पनि दलमा सहभागी नहुने बताइए पनि कुलमानले भने पार्टी खोलेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले नै सञ्चारकर्मीहरूसँग आफूलाई अरुको विश्वास भए पनि कुलमानको विश्वास नभएको बताएकी थिइन् ।
उज्यालो नेपालमा रास्वपा त्यागेकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ पनि जोडिएकी छिन् । जेन–जी आन्दोलनका घाइतेका परिवारसँगै कलाकारहरू पनि समेटिएका छन् ।