arrow

विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्री यादवले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
saroj-kumar-yadhav-cm-madhesh.jpg

काठमाडौँ । मधेसका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिन नपाउँदै राजीनामा दिएका छन् ।

विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा मन्तव्य राख्दै मुख्यमन्त्री यादवले रोष्टमबाटै राजीनामाको घोषणा गरेका हुन् ।

सदनमा एमाले, संघीय समाजवादी पार्टी र राप्रपाका प्रदेशसभा सदस्यका अतिरिक्त अन्य दलका प्रदेशसभा सदस्य मुख्यमन्त्री यादवको मन्तव्यकै क्रममा बाहिरिएपछि विश्वासको मत नपाउने देखेर राजिनामा घोषणा गरे ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैशियतमा तत्कालिन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी गत कातिक २३ गते नियुक्ति गरेपछि ७ दलका ७४ प्रदेशसभा सदस्यहरूले नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

सो रिटको सुनुवाई गर्दै मंसिर १५ गते सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टा भित्र विश्वासको मत लिनका लागि परमादेश जारी गरेको थियो ।

सोही परमादेशअनुसार बुधबार विश्वासको मत लिनकालागि मधेस प्रदेशसभाको बैठक आह्वान गरिएको थियो ।

मुख्यमन्त्री यादवले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न असफल भएपछि अब प्रदेशमा सर्वोच्चको परमादेश अनुसार संविधानको धारा १६८ को उपधारा २ बमोजिम फेरी सरकार गठनको बाटो खुलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ