arrow

एक लाख १८ हजार नक्कली नोटसहित तीन जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
rautahat-nakkali-note.jpg

काठमाडौँ । रौतहटबाट नक्कली नेपाली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी मठिया महुलीया र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्टको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण चैनपुर ग्राम पञ्चायत निवासी २३ वर्षीय जय प्रकाश कुमार, रौतहट देवाही गोनाही नगरपालिका–४ निवासी २१ वर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल रहेका छन्।

रौतहट प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख भएअनुसार उनीहरूलाई मङ्गलबार साँझ ईशनाथ नगरपालिका–४ लतमरी सीमाक्षेत्रबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यलय रौतहटका डीएसपी तथा सूचना अधिकारी बिष्णु प्रदिप बस्यालका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एटी ०९८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरी टोलीलाई देखेर उनीहरू खेत हुँदै भाग्न लागेको अवस्थामा पक्राउ परेका थिए।

उनीहरूबाट रु. १,००० दरका ११८ थान नक्कली नेपाली नोट (कुल रु. १ लाख १८ हजार), एक थान मोटरसाइकल र तीन थान मोबाइल बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले यस घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ