arrow

एन्टि डोपिङ सम्मेलनमा भाग लिन डा भण्डारीको टोली कोरिया जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
wada-world-antidoping-agency.jpg

काठमाडौँ । नेपालले विश्व खेलकुदमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदैछ। राष्ट्रिय एन्टी–डोपिङ् एजेन्सी (नाडा नेपाल) का संस्थापक संयोजक डा.अशिम भण्डारी डिसेम्बर १–५, २०२५ सम्म दक्षिण कोरियाको बुसानमा वल्ड एन्टि डोपिङ एजेन्सी (वाडा) को विश्व सम्मेलनमा भाग लिन जाँदैछन् । 

यस स्तरको सम्मेलन एसियामा पहिलोपटक आयोजना हुँदैछ । यसमा १९१ देशका  मन्त्री, विभिन्न देशका राष्ट्रिय एन्टी डोपिङ एजेन्सीका प्रमुखहरू, सरकारी अधिकारी, अन्तर्राष्ट्रिय खेल  महासंघका पदाधिकारी, वैज्ञानिक र एथ्लिट कमिसन गरी करिब दुई हजारको हाराहारीमा  उपस्थित हुनेछन्। 

सम्मेलनको मुख्य एजेन्डामा २०२७–२०३२ को वल्ड एन्टि डोपिङ कोड र इन्टरनशनल स्टयान्डर्डको समीक्षा, संशोधन र स्वीकृति रहेको छ।

डा. भण्डारीसँगै डा. समुक्त आचार्य पनि उक्त सम्मेलनमा  सहभागी हुने  छन् । 

नेपालको २५ वर्षको एन्टी–डोपिङ यात्रा 

नेपालमा पहिलो डोपिङ् पोजिटिभ केस १९९७/९८ मा देखियो। त्यसपछिका वर्षहरूमा २००६ को साफ गेम्स र २०२२ को भारत्तोलन घटनाले देशको कमजोरी उजागर गर्‍यो । तर विगत २५ वर्षमा— कुनै पनि निकायले पूर्ण जिम्मेवारी स्वीकार गरेको छैन । संसदले पारित गरेको २०१० को युनेस्को सम्मेलन केवल कागजमा सीमित रह्यो । नाडा नेपाल अझै पूर्ण रूपमा कार्यशील वा बजेट प्रयोग योग्य बनेको छैन।

नतिजा सार्वजनिक नगरी राष्ट्रिय खेलकुदका डोपिङ् परीक्षणहरूका रिजल्टहरु लुकाउनाले गम्भिर   ‘कभर-अप’ को शंका उत्पन्न भएको छ। राष्ट्रिय   एन्टी डो पिङ एजेन्सी ,  राष्ट्रिय खेलकुद परिषद्, ओलम्पिक कमिटी, पारालिम्पिक कमिटी वा मन्त्रालयबाट यस विषयमा स्पष्ट जवाफ आएको छैन। 

यी र यस्तै कारणले  नेपाललाई विश्व एन्टी–डोपिङ प्रणालीमा सबैभन्दा न्यून प्रोफाइल देशको रूपमा प्रस्तुत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ