सरकारी र निजी क्याम्पसलाई पोस्ट ग्रेजुएट कोटा निर्धारण
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
950
Shares
काठमाडौँ। चिकित्सा शिक्षा आयोगको बैठकले सरकारी र निजी क्याम्पसहरूमा पोस्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थीको कोटा निर्धारण गरेको छ।
आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोगका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पोस्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थीलाई कुन कलेजलाई कति सिट दिने भन्नेबारे छलफल भएको बताए।
उनका अनुसार, सरकारी क्याम्पसहरूलाई एक हजारभन्दा बढी र निजी क्याम्पसहरूलाई एक हजारभन्दा केही कम सिट दिने गरी विभाजन गरिएको छ। सरकारको यस निर्णयबारे सहभागी सबै खुशी रहेको मन्त्री पुनको भनाइ छ।