arrow

कोप-३० मा हिमाल संरक्षणलाई छुट्टै मुद्दाका रूपमा स्थापित गर्न सफल भयौँ : मन्त्री परियार [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
madan-pariyar-minister.jpg

काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघका पक्षराष्ट्रको सम्मेलनको ३०औँ श्रृङ्खला (कोप-३०) मार्फत हिमालको एजेण्डा विश्वव्यापी रुपमा स्थापित गर्न सफल भएको बताएका छन् ।

आइतबार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मन्त्री परियारले सो दाबी गरेका हुन् ।

उनले कोप-३० मा नेपालको सहभागिता विगतको तुलनामा थप सफल र प्रभावकारी भएको दाबी गरे ।

उनले सम्मेलनमा हिमालको एजेण्डा उठाउँदै हिमाल संरक्षणको मुद्दालाई छुट्टै मुद्दाको रुपमा स्थापित गर्न सफल भएको पनि बताए । नेपालले उठाएको हिमालको मुद्दालाई अन्य साना तथा टापु राष्ट्रहरूले समेत समर्थन दिएको बताए ।

उनले हानि नोक्सानी कोषका कार्यकारी निर्देशकसमक्ष नेपाललाई क्षतिपूर्ति दिने सन्दर्भमा प्राथमिकतामा राख्न आग्रह गरेको उल्लेख पनि गरे । 

उनले भने, ‘विभिन्न कठिनाइका बाबजुद पनि कोप-३० नेपालका लागि सफल भयो जस्तो लाग्छ । कोप सम्मेलनमा म विगत ८-१० वर्षदेखि सहभागी हुँदै आइरहेको छु। अजरबैजानमा भएको कोपमा पनि थिएँ । दुवैमा भएको कोपमा पनि थिएँ । विगतका कोपहरूको तुलनमा हेर्दाखेरि यो वर्ष हाम्रो सानो समूहको सहभागी हुँदाहुँदै पनि यस पटकको कोपमा हाम्रा साथीहरूले धेरै मेहनत गर्नुभयो । हामीले ‘लस एण्ड ड्यामेज फन्ड’को कार्यकारी निर्देशकसँग भेट्ने मौका पायौँ । भेटमा हामीले हानी नोक्सानीको प्रस्तावबारे जानकारी गराउँदै नेपाललाई विशेष ग्राह्यता दिन तथा प्रोजेक्ट दिनका लागि पनि अनुरोध गरेका छौँ । उहाँहरू सरकारात्मक नै हुनुहुन्छ। सम्मेलनमा माउन्टेन एजेण्डालाई स्ट्रङ्ली पुटअप गर्न सकिएको छ। विभिन्न शीर्षकमा भएको समूहगत छलफलमा समेत नेपालको बलियो उपस्थिति भएको छ। विभिन्न देशका प्रतिनिधिसँगसमेत वार्ता र छलफल भएको छ। अझै पनि धेरै कुरा गर्नुपर्ने भए पनि हाम्रो यस पटकको कोपमा सहभागिता प्रभावकारी नै रह्यो ।’

उनले मुलुकको वर्तमान राजनीतिक कठिनाईका बीच कोपमा नेपालको सफल र प्रभावकारी सहभागिता रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ