arrow

दाइँ महोत्सव [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
gundri-bundai-82-8-14.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

पोखरा । कास्कीको पोखरा महानगरपालिका–१९ पुरुन्चौर चुरुंगामा दाइँ महोत्सव गरिएको छ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा पर्यटन परिषद्को आयोजनामा दोस्रो संस्करणमो दाइँ महोत्सव गरिएको हो ।
 
कृषिमार्फत आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन, कृषकलाई प्रोत्साहन र नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न विधाका प्रतियोगिता आयोजना गरिएको छ ।
 
महोत्सवमा उत्कृष्ट गोरू पालक प्रतियोगिता, उत्कृष्ट धान उत्पादक प्रतियोगिता, धान चुट्ने दँदेरो प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता र गुन्द्री बुन्ने प्रतियोगितासहित दँदेरालाई टोपी वितरण र अतिथिलाई स्थानीय उपहार वितरण कार्यक्रम समावेश गरिएको छ । 

पोखरा भ्रमणमा रहेका विदेशी पर्यटकलाई दाइँ महोत्सवको अनुभव गरेका छन् ।

dai-festival-82-8-14 (10).jpg
dai-festival-82-8-14 (1).jpg
dai-festival-82-8-14 (2).jpg
dai-festival-82-8-14 (3).jpg
dai-festival-82-8-14 (4).jpg
dai-festival-82-8-14 (5).jpg
dai-festival-82-8-14 (6).jpg
dai-festival-82-8-14 (7).jpg
dai-festival-82-8-14 (8).jpg
dai-festival-82-8-14 (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ