arrow

समितिमा कृषिमन्त्री

कोप–३० मार्फत हिमालको एजेण्डा विश्वव्यापी रूपमा स्थापित गर्न सफल भएको मन्त्री परियारको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
jeevan-pariyar-at-samiti.jpg

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघका पक्षराष्ट्रको सम्मेलनको ३०औँ श्रृङ्खला (कोप–३०) मार्फत हिमालको एजेण्डा विश्वव्यापी रूपमा स्थापित गर्न सफल भएको बताएका छन्।

आइतबार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री परियारले कोप–३० मा नेपालको सहभागिता विगतको तुलनामा थप सफल र प्रभावकारी भएको दाबी गरे। उनले सम्मेलनमा हिमालको एजेण्डा उठाउँदै हिमाल संरक्षणको मुद्दालाई छुट्टै मुद्दाको रूपमा स्थापित गर्न सफल भएको पनि बताए। नेपालले उठाएको हिमालको मुद्दालाई अन्य साना तथा टापु राष्ट्रहरूले समेत समर्थन दिएको उनले उल्लेख गरे।

मन्त्री परियारले हानि नोक्शानी कोषका कार्यकारी निर्देशकसमक्ष नेपाललाई क्षतिपूर्ति दिने सन्दर्भमा प्राथमिकतामा राख्न र प्रोजेक्ट दिन आग्रह गरेको पनि जानकारी दिए। उनले विभिन्न कठिनाइका बाबजुद पनि यस पटकको कोपमा माउन्टेन एजेण्डालाई ‘स्ट्रङ्ली पुटअप’ गर्न सकिएको र विभिन्न शीर्षकमा भएको समूहगत छलफलमा समेत नेपालको बलियो उपस्थिति रहेको बताए।

उनले मुलुकको वर्तमान राजनीतिक कठिनाइबीच पनि कोपमा नेपालको सफल र प्रभावकारी सहभागिता रहेको दाबी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ