arrow

कृषि अनुसन्धानका लागि बजेट अभाव हुन नदिइने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
rajendra-pd-misra-25-01.jpg

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले कृषि अनुसन्धानका कार्यक्रमका लागि सरकारले बजेट अभाव हुन नदिने बताएका छन् ।

ललितपुरमा आयोजित नेपाल कृषि अनुसन्धान परिषद्को ३५औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले कृषि क्षेत्रमा देखिएको लगानी कमीलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको दाबी गरे । उनले ठोस र तयारीसहितका प्रस्ताव आए तत्काल बजेट उपलब्ध गराउन सरकार तयार रहेको स्पष्ट पारे ।

सचिव मिश्रले कृषि अनुसन्धानलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै आवश्यक कार्यक्रमका लागि कुनै पनि बेला बजेट व्यवस्थापन गर्न सकिने बताए । तर, प्रभावकारी कार्यान्वयनका लागि परियोजनाको तयारी र योजना स्पष्ट हुनुपर्नेमा उनले जोड दिए ।

उनका अनुसार रिक्त दरबन्दी पूर्ति, विनियम कार्यान्वयन र संस्थागत पुनर्संरचनाको काम अघि बढिसकेको छ । ऐन संशोधनका लागि कार्यदल समेत गठन गरिएको उनले जानकारी दिए ।

सचिव मिश्रले जनशक्ति अभाव हुन नदिन नीतिगत तथा कानुनी सुधारमार्फत काम भइरहेको बताउँदै कृषि अनुसन्धानलाई प्रभावकारी बनाउन सरकार पूर्ण रूपमा सक्रिय रहेको उल्लेख गरे ।

उनले अनुसन्धानका कार्यक्रमलाई गति दिन सरकार आवश्यक सहयोग गर्न तयार रहेको पुनः स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ