एमाले महाधिवेशन प्रतिनिधि छनोट: कञ्चनपुरका १ र ३ मा निर्वाचन, २ मा सर्वसम्मत
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
887
Shares
महेन्द्रनगर। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन्।
निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिहरू सर्वसम्मत चयन भए पनि निर्वाचन क्षेत्र नं १ र ३ मा भने शनिबार निर्वाचन भएको छ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट खुला सदस्यतर्फ ४९८ मतसहित पल्लबराज भट्ट र ६३९ मतसहित वीरबहादुर थापा निर्वाचित भएका छन्। यसैगरी महिलातर्फ कमला चौधरी ५१७ मत र कल्पना गिरी ५१४ मतसहित निर्वाचित भएका हुन्। साथै, युवातर्फबाट काशीराम बोहरा ५२१ मतसहित महाधिवेशन प्रतिनिधिका लागि छनोट भएका छन्।
त्यसैगरी निर्वाचन क्षेत्र–२ मा पाँच जना प्रतिनिधि सर्वसम्मत भएका छन्। खुला सदस्यमा रणबहादुर महरा र वचनबहादुर सिंह सर्वसम्मत चयन भएका हुन्। महिलातर्फ लक्ष्मी बुढा र पार्वती जोशी सर्वसम्मत चयन भएका छन् भने युवातर्फबाट पनि प्रवीण बोगटी चयन भएका छन्।
निर्वाचन क्षेत्र नं ३ बाट दलिततर्फ आरपी सार्की तथा युवातर्फ ओम बस्नेत निर्वाचित भएका छन्।