arrow

माछापुच्छ्रे एसआईपी योजनाको दुई करोड इकाई आजदेखि बिक्री खुल्ला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
machhapuchhre-bank-mbl-head-office.jpg

काठमाडौँ । एमीबिएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’ को इकाई बिक्री आज (आइतबार) देखि खुला गरिएको छ। कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक तथा योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको यस योजनाअन्तर्गत पहिलो चरणमा कुल २ करोड इकाइ निष्कासनका लागि आवेदन खुला भएको छ।

पहिलो चरणका लागि २ करोड इकाइ निष्कासन गर्न लागिएको यस योजनामा कुल ५ करोड इकाइ आकार रहेका छन्। कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात् ७५ लाख इकाइ कोष प्रवद्र्धक तथा योजना व्यवस्थापकका लागि सुरक्षित राखिएको छ, जसमध्ये ७० लाख इकाइ (१४ प्रतिशत) माछापुच्छ्रे बैंकका लागि र ५ लाख इकाइ (१ प्रतिशत) माछापुच्छ्रे क्यापिटलका लागि छुट्टाइएको छ।

लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम २० लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका सबै शाखाबाट दिन सकिने व्यवस्था गरिएको छ। यस योजनाको इकाई बिक्री छिटोमा मंसिर १७ गते र ढिलोमा मंसिर २८ गते बैंकिङ समयसम्म बन्द हुनेछ। योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल नै रहनेछ। सामूहिक लगानी कोषमा रुचि बढिरहेको बेला सार्वजनिक भएको यस योजनाले लगानीकर्तालाई नयाँ विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ