arrow

कार्यालय भवन बनाउँदै गुल्मीदरबार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १३ शनिबार
gulmigurbar-gaupalika-gulmi.jpg

गुल्मी । गुल्मीदरबार गाउँपालिका वडा नं ३ गौँडाकोटको म्यालपोखरीमा चार करोड ५० लाखको लागतमा १६ कोठाको दुईतले भवन निर्माण थालिएको छ । 

आगामी २०८४ वैशाख १५गतेभित्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिए । 

आफ्नै कार्यालय भवन नहुँदा सेवा प्रवाहमा पालिकालाई कठिनाइ भएको थियो । 

स्थानीय म्यालपोखरी माध्यमिक विद्यालयसँग समन्वय गरी पालिकाको नाममा जग्गा व्यवस्थापन भएपछि भवन निर्माण थालिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ