arrow

दुर्गा प्रसाईं र गृहमन्त्री अर्यालबीच वार्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १३ शनिबार
durga-prasai-82-8-7yyy.jpg
तस्बिर : फाइल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान’का संयोजक एवं विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच वार्ता भएको छ । 

सिंहदरबारमा भएको उक्त भेटवार्ता यही मङ्सिर २२ गते फेरि छलफलमा बस्ने गरी टुङ्गिएको संयोजक प्रसाईंले जानकारी दिए ।

उनले भने, “मुख्य गरी हाम्रो मागका विषयमा छलफल भयो, अब मङ्सिर २२ गते फेरि छलफल गर्ने सहमति भएको छ ।”

संयोजक प्रसाईंले गृहमन्त्री अर्यालसँगको वार्तामा भएका विषय र अन्य समसामयिक विष्यामा शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने बताए । 

उनी विभिन्न मुद्धामा तीन पटक नियन्त्रणमा परिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ