कम्युनिष्ट पार्टी प्रमुख शक्ति बन्ने भीम रावलको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
750
Shares
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले आगामी निर्वाचनमा आफ्नो पार्टी मुलुकको प्रमुख राजनीतिक शक्ति बन्ने दाबी गरेका छन्।
शुक्रवार सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले यो दाबी गरेका हुन्। नेता रावलले सुदूरपश्चिम प्रदेशको समस्या समाधन गर्न र कठिनाईलाई सम्बोधन गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको जिकिर गर्दै यसलाई साथ दिन पनि सबैलाई आग्रह गरे।
उनले भने, “अब प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मा होस्, वा अरु दिन होस्। अब नेपाली कम्युनिष्ट पार्टी यो देशको प्रमुख राजनीतिक शक्ति भएर तपाईँहरूलाई नेतृत्व दिनेछ।” उनले सुदूरपश्चिमको नदी, विभिन्न सिंचाई आयोजना, वनस्पती, कृषि र युवाहरूको रोजगारीका लागि साथ दिन आग्रह गर्दै, "हामी दृढतापूर्वक तपाईँहरूलाई साथ दिन तयार छौँ। तपाईँहरूको कठिनाईमा नेपाली कम्युनिष्ट पार्टी सदा तयार छ,” भनेर बताए।
नेता रावलले विगतमा पनि नेकपालाई जनताले साथ दिएको तर त्यसलाई जोगाउने काम केपी ओलीले गर्न नसकेको आरोप समेत लगाए।