कुलमान र खगेन्द्रको पार्टीले एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने
दुवै पार्टी ‘उज्यालो नेपाल पार्टी’ को ‘बिजुलीको चिम’ चिन्हमा चुनाव लड्ने
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
904
Shares
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको अग्रसरतामा खुलेको ‘उज्यालो नेपाल पार्टी’ र अभियन्ता खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो नेपाल पार्टी’ ले आगामी आम निर्वाचनमा एउटै चुनाव चिन्हमा चुनाव लड्ने भएका छन्।
आगामी आम निर्वाचनामा यी दुवै पार्टी ‘उज्यालो नेपाल पार्टी’ को ‘बिजुलीको चिम’ चिन्हमा चुनाव लड्ने भएका हुन्। कुलमानको उज्यालो नेपालले 'बिजुलीको चिम' र खगेन्द्रको हाम्रो नेपालले 'लाइट' चुनाव चिन्ह निर्वाचन आयोगबाट लिएका थिए। तर, प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि साझा चुनाव चिन्हको माग गर्दै यी दुई दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्।
पत्रकार सम्मेलनका क्रममा सुनारले अहिले निर्वाचनका लागि एक भएको र योजना, रणनीतिहरू मिलेसँगै पार्टी एकता टाढाको कुरा नभएको बताए।