arrow

नेपालमा अब बाँसबाट एकदेखि दुईतले आवासीय भवन निर्माण गर्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ९ मंगलबार
parapit-bamboo-2080.jpg

काठमाडौँ। सङ्घीय सरकारले हालै ‘बाँसबाट निर्माण हुने संरचनाको ‘डिजाइन’सम्बन्धी मार्गदर्शन’ स्वीकृत गरेसँगै नेपालमा बाँसलाई संरचनात्मक निर्माण सामग्रीका रूपमा औपचारिक मान्यता प्राप्त भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले हालै सो मार्गदर्शन स्वीकृत गरेका हुन् ।

सहरी विकास मन्त्रालयबाट स्वीकृत भएको यस मार्गदर्शनअनुसार अब इन्जिनियरिङ डिजाइनका आधारमा बाँसबाट एकदेखि दुईतले आवासीय भवन, साना व्यावसायिक तथा औद्योगिक भवनहरू निर्माण गर्न सकिने भएको छ।

यो मार्गदर्शनमा बाँसको कटानी, ग्रेडिङ, रासायनिक उपचार, भण्डारण र प्रयोगको विस्तृत मापदण्डका साथै भूकम्पप्रतिरोधी, वातावरणमैत्री र किफायती संरचना निर्माणका लागि आवश्यक प्राविधिक विवरण र घरका नमूना डिजाइनहरू समेत समावेश गरिएका छन्।

यो निर्णयले बाँस उद्योग र निर्माण क्षेत्रमा विश्वसनीयता स्थापित गरेको र देशभरका उद्यमी तथा किसानलाई फाइदा पुग्ने विश्वास लिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ