नेपाल–बंगलादेश इन्टरनेसनल रग्बी सिरिजमा नेपालको कब्जा
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ८ सोमबार
15.5k
Shares
काठमाडौँ । नेपाल बंगलादेश इन्टरनेसनल रग्बी सिरिज नेपालले जितेको छ । सेभन्सको २ र फिफ्टिन्सको १ गरी ३ खेलको सिरिज नेपालले एक खेल अगावै सिरिज जितेको नेपाल रग्बी संघले जनाएको छ ।
बंगलादेशको ढाकामा भइरहेको सिरिजअन्तर्गत नेपालले आइतबार सेभन्सको दुवै खेलको नतिजा आफ्नो पक्षमा पार्यो ।
नेपालले बंगलादेशलाई पहिलो खेलमा १५–० र दोश्रोमा २६–१५ को जित दर्ता गर्यो । नेपालले मंगलबार फिफ्टिन्स खेल्ने छ ।