विश्व पावर लिफ्टिङ च्याम्पियनशिप खेल्न नेपाल श्रीलंका जाँदै
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ८ सोमबार
15.5k
Shares
काठमाडौँ । विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन २८ खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली बुधबार श्रीलंकाको कोलम्बो जाने भएको छ । प्रतियोगिता नोभेम्बर २७ देखि ३० तारिखसम्म हुनेछ ।
व्यवस्थापकमा डेविड प्रधान तथा प्रशिक्षकमा निकिता महर्जन, प्रशान्त मानन्धर, पुनित श्रेष्ठ, रुजेश शाही र सुजन श्रेष्ठ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच आइतबार बिदाइ गरे ।