arrow

ब्यायाम मन्दिरका अन्तर्राष्ट्रिय पदक विजेतालाई डेढ लाखसम्मको पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
byayam-mandir-agm.jpg

काठमाडौँ । नेपालको सबैभन्दा पुरानो जिम नेपाल ब्यायाम मन्दिरले आगामी दिनमा अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा पदक जित्ने आफ्ना क्लबका खेलाडीहरूलाई प्रोत्साहनस्वरूप डेढ लाख रुपैयाँसम्मको नगद पुरस्कार दिने घोषणा गरेको छ ।

शनिबार सम्पन्न संस्थाको २५औं वार्षिक साधारणसभाले पारित गरेअनुसार खेलाडीहरूले राष्ट्रका लागि पदक जितेमा नगद ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म प्रदान गरिनेछ । 

यस योजनाअनुसार, वल्र्ड र एसियाली शारीरिक सुगठन प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार, द्वितीय हुनेलाई १ लाख र तृतीय हुनेलाई ७५ हजार रुपैयाँ प्रदान गरिनेछ । 

त्यसैगरी, दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ७५ हजार र तृतीय हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस घोषणाका साथै साधारणसभाले अन्तर्राष्ट्रिय बडी बिल्डिङ प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली खेलाडी तथा पूर्व मिस्टर नेपाल स्व. सरोजकुमार श्रेष्ठको स्मृतिमा पनि शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने महत्वपूर्ण निर्णय पनि गरेको छ । 

सोही साधारणसभाले ब्यायाम मन्दिरको वार्षिक कार्यक्रम, अध्यक्ष नारायण प्रधानद्वारा प्रस्तुत कार्यपत्र, महासचिव सूर्य जोशीद्वारा प्रस्तुत प्रगति विवरण र कोषाध्यक्ष प्रशान्त श्रेष्ठद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन (आयव्यय) सर्वसम्मतले अनुमोदन गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ