arrow

यल कप ब्याडमिन्टनमा सशिन–सुमनको जोडीलाई दोहोरो उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
sachin-suman-badminton.jpg

काठमाडौँ । नागबहालका सशिन डङ्गोल र सुमन शाक्यको जोडी पाटनमा भएको १५ औं यल कपको पुरुष युगल तर्फ उपाधि रक्षा गर्न सफल भएका छन् । 

डङ्गोल र शाक्यको जोडीले सेमिफाईनलमा ओकुबहालका दिपेश शाक्य र निशेष शाक्यको जोडीलाई २१–१२, २२–२० ले पराजित गर्दै उपाधि रक्षा गरेका हुन् । 

यस्तै सशिनले सुधा शाक्यसँग मिलेर मिक्स युगल तर्फको उपाधि पनि जितेका छन् । उक्त जोडीले नागबहालकै सुमन शाक्य र लस्ता शाक्यको जोडीलाई १७–२१, २१–१२, २१–१४ ले पराजित गर्दै दोहोरो उपाधिको आनन्द लिएका हुन् ।

पुरुष युगलतर्फ प्रयाग पोखरीका सुनिल बाराही र पुजन चित्रकारको जोडी तथा दथुँलका राजु बज्राचार्य र सुमित महर्जनको जोडी संयुक्त तेश्रो भए ।

पुरुष युगल तर्फका विजेताले नगद ५० हजार उपबिजेतले नगद २५ हजार र तेश्रो स्थानकाले नगद १० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै मिक्स युगल तर्फका बिजेता, उपबिजेता र सेमिफाइनलिस्टले क्रमश नगद २५ हजार, १५ हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

ललितपुर वडा नं. ७ भिन्छेबहाल स्थित मयूरवर्ण महाविहारको कोर्टमा आयोजित प्रतियोगिताको मास्टर ४५ बर्ष माथि भिन्छेबहालका अनिल बज्राचार्य र सुगत रत्न शाक्यको जोडीले भिन्छेबहालकै शान्त रत्न बज्राचार्य र राजभाई बज्राचार्यको जोडीलाई २१–१७, २१–१७ को समान अन्तरले पराजित गर्दै उपाधिमा आफ्नो नाम लेखाएका हुन् । 

पिन्छेंका राजेश महर्जन र राजु महर्जनको जोडी तथा ओकुबहालका शान्ता डङ्गोल र स्वदेश शाक्यको जोडी संयुक्त तेश्रो भए । बिजयी खेलाडीले नगद २० हजार, उपबिजयीले नगद १० हजार र तृतीय स्थान प्राप्त गर्नेले नगद ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । 

महिला एकल तर्फ चिकुबहालकी टिशा रानी शाक्यले भिन्छेबहालकी कृष्मा बज्राचार्यलाई २१–९, २१–८ ले पराजित गर्दै उपाधि जितिन् । 

तेश्रो स्थानमा नागबहालकी सुधा शाक्य र लस्ता शाक्य रहे । शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमश १५ हजार, १० हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । 

ब्वाईज यु १५ तर्फ नागबहालका सबिन शाक्यले उपाधि उचाले । उनले ओकुबहालका आरभ शाक्यलाई २१–१५, १४–२१, २१–१७ ले पराजित गरेका हुन् । 

तेश्रो स्थानमा भिन्छेबहालका रोनिश बज्राचार्य र  कोन्टीका बिषेक खड्गी रहे । शिर्ष तीन स्थान प्राप्त गर्नेले क्रमश नगद २५ हजार, १५ हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यसका साथै पाँच स्पर्धामा तीन स्पर्धामा जित निकाल्दै टिम च्याम्पियनका साथ नागबहालले रनिङ्ग ट्रफी हात पार्यो । 

नागबहालको यो लगातार तीन पटक टिम च्याम्पियन जित हो । नागबहालले रनिङ्ग ट्रफीमा आफ्नो अधिकार जमाएको छ । 

विजयी खेलाडीहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनल लगायतकाले ट्रफी, मेडल र नगद पुरस्कार वितरण गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ