arrow

अल्ट्रा ट्रेलमा भाग लिने वडाध्यक्ष दावाको बिदाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
dawa-gurung-bidai.jpg

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले अस्ट्रेलियामा हुने कोस्की १०० अल्ट्रा ट्रेल कोसियुस्को (युटीएमबी) मा सहभागी हुने नेपाली अल्ट्रा–ट्रेल रनर दावा तामाङलाई बिदाइ गरेका छन् । 

दावा शनिबार अस्ट्रेलिया जाँदै छन् । दौड मंसिर १२ गते हुनेछ ।

रसुवा जिल्लाको कालिका गाउँपालिका १ का अध्यक्ष दावाको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हुनेछ । 

रसुवा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका दावाले १ सय किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् । 

    वल्र्ड एक्सट्रिम फिस्टेल १०० अल्ट्राका रजत विजेता दावाको अस्ट्रेलिया भ्रमणका लागि एक्सटेप नेपालले प्रायोजन गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ