arrow

अन्तर्राष्ट्रिय उसु खेल्न चार खेलाडी न्यूजिल्याण्डमा, दुई महिना प्रशिक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
wushu-four-players-nz.jpg

काठमाडौँ । न्यूजिल्यान्डमा हुने ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा सहभागी हुन ४ खेलाडी बुधबार न्यूजिल्यान्डको अकल्यान्ड प्रस्थान गरेका छन् । 

नोभेम्बर २२ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष–महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

    विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले प्रतिस्पर्धा गर्ने छन् । विजय र निमा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् । 

दुवै राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीका सदस्य हुन् ।

    टोलीलाई नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जन, उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामालगायते बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतियोगितापछि चारै खेलाडी करिब दुई महिनाको प्रशिक्षणमा न्यूजिल्यान्डमै रहने उप–महासचिव महर्जनले जनाएका छन् । 

प्रशिक्षणले २० औं एसियाली खेलकुदको तयारीलाई अझ सुदृढ, व्यवस्थित र सहज बनाउने उप–महासचिव महर्जनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ