arrow

गल्फको विकासका लागि राखेपले दियो सामग्री

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
golf-material-82-8-3.jpg

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल गल्फ संघ मार्फत नेपालमा गल्फ खेलको पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउन नेपाल गल्फ क्लबलाई बुधबार अत्याधुनिक ग्रीन–कटर मेसिन उपलब्ध गराएको छ । 

अष्ट्रेलियामा निर्मित होन्डा मोडलका ग्रीन–कटर मेसिन एक थान र पानी तान्ने मेसिन एक थान राखेपका सदस्य–सचिव टंकलाल घिसिङले हस्तान्तरण गरे ।

उपकरणले मैदानको गुणस्तर सुधार गर्ने, खेलाडीहरूलाई अभ्यास तथा प्रतियोगिताका लागि अझ राम्रो वातावरण उपलब्ध गराउने तथा गल्फ पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याउने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ