शीतलहर र हिमपातबाट नागरिकको जीवन जोगाउन सरकार सचेत: गृहमन्त्री [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
761
Shares
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपातका कारण कुनै पनि नागरिकले जीवन गुमाउन नपरोस् भन्ने कुरामा सरकार सचेत रहेको बताएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यो सङ्कट आउन नदिन संघ, प्रदेश, स्थानीय सरकार र सम्बद्ध सबै पक्षको सहकार्य, प्रतिबद्धता र समर्पणको खाँचो समेत औँल्याए।
गृहमन्त्री अर्यालले सङ्कटमा परेका वर्ग, क्षेत्र र समुदाय केन्द्रित पूर्वतयारी तथा प्रतिकार्य गर्न जिम्मेवार सबै निकायलाई निर्देशन दिए।
उनले भने, “सङ्कटमा रहेका वर्ग, क्षेत्र र समुदाय केन्द्रित पूर्वतयारी तथा प्रतिकार्य गर्न जिम्मेवार सबै निकायलाई निर्देश गर्दछु। शीतलहर र हिमपातका कारण कुनै पनि नागरिकले जीवन गुमाउन नपरोस्, देशको चालु विकास प्रक्रिया अवरुद्ध नहोस्। यसका लागि संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, दातृ संस्था र नागरिक समाज सबैको सहकार्य, प्रतिबद्धता र समर्पणको अपेक्षा गरेको छु।”
गृहमन्त्री अर्यालले हिमपातले देशको चालु विकास प्रक्रिया समेत अवरुद्ध हुने अवस्था आउन दिन नहुने पनि बताए।