क्रान्तिकारी विप्लव गुलाफको फूल लिएर जनतामाझ जाने [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
715
Shares
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) आगामी फागुन २१ गतेको चुनावका लागि निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीलाई आयोगले गुलाबको फूल चुनाव चिह्न दिएको छ।
दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह लिन विप्लव लगायत नेताहरु बाजागाजा सहित आज निर्वाचन आयोग पुगेका थिए। प्रमाणपत्र र चुनाव चिन्ह पाएसँगै आयोग परिसरभित्रै बाजागाजासहित र्याली निकालिएको छ ।
उनले निर्वाचन आयोगमा मंगलवार दल दर्ताको प्रमाणपत्र पाएपछि निर्वाचनमा भाग लिने बताए । उनले माओवादी नयाँ गुण, नयाँ सार्थत्व, नयाँ अठोट, नयाँ विश्वास, नयाँ अभियानसहित निर्वाचनमा जाने बताए ।
नेपाली जनताको सुख, अधिकार, मुक्ति र देशको स्वाधिनताको लागि माओवादीले विभिन्न उत्तारचढावपूर्ण यात्रा तय गर्दै यहाँसम्म आएको उनको भनाइ छ । उनले जनता नै इतिहासको निर्माता भएकोले जनताको माझमा जान लागेको बताए ।
उनले सबै राजनितिक दलहरुको सहमतीमा निर्वाचन हुने पनि उल्लेख गरे । ढिलोचाँडो निर्वाचन हुने बताउँदै उनले समाजवाद नै आए पनि निर्वाचन हुने बताए ।
माओवादी सशस्त्र द्वन्द्वमा हुँदा विप्लव सशक्त कमाण्डर थिए । पुष्पकमल दाहाल प्रचण्डको परिवारवाद र आफू केन्द्रित राजनीतिको विद्रोह गर्ने क्रममा विप्लवले माओवादी छाडेका थिए र उनले निरन्तर संघर्ष गर्दै आएका थिए ।
त्यसयता चुनावको विरोध गर्दै आएका विप्लव पहिलो पटक निर्वाचन आयोगमा पुगेर दल दर्ता गरी निर्वाचनमा होमिने बताएका हुन् ।
विप्लव भनेपछि त्रसिद हुने जनतालाई उनले गुलाफको फूल दिएर मत माग्ने भएका छन् ।