arrow

बहत्तर वर्षीया महिलाको धारिलो हतियार प्रहार गरी हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
hatya-murder.jpg

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं १४ साजेटोलकी ७२ वर्षीया महिलाको हत्या भएको छ ।

गएराति धारिलो हतियार प्रहार गरी स्थानीय भीमा लक्ष्मी खड्काको  हत्या गरिएको हो ।

आफ्नै गाउँ बस्ने २६ वर्षीय दिलीप खड्काले उनको हत्या गरी फरार भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

सोमबार राति करिब १०ः३० बजे घटना भएकोमा १२ः३० बजेतिर मात्र प्रहरीलाई जानकारी आएको थियो ।

सूचना प्राप्त भएपछि प्रहरी चौकी फुलासीबाट प्रहरी सहायक निरीक्षक मानबहादुर तामाङको नेतृत्वमा टोली घटनास्थलतर्फ गएको र जिल्ला प्रहरी कार्यालयको टोली मंगलबार बिहान घटनास्थल पुगेको र आवश्यक मुचुल्का सङ्कलन गरेको प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले जानकारी दिए ।

मृतक खड्काको शव पोस्टमार्टमका लागि मन्थली अस्पताल ल्याइएको छ ।

उनका अनुसार भीमा लक्ष्मी खड्का एक्लै बस्दै आएकी थिइन् ।

धारिलो हतियार प्रहार गरी हत्या गर्ने दिलीप घटनापछि फरार भएका छन्।

फरार व्यक्ति पहिले पनि अभद्र व्यवहार र चोरी मुद्दामा पक्राउ परी छुटेका थिए । उनको खोजी जारी छ । 

स्थानीयका अनुसार हत्या भएको करिब एक घण्टापछि, राति करिब ११ बजे दिलीप रगतले लतपतिएको अवस्थामा गाउँमै ‘मैले हानेँ, सिद्ध्याएँ’ भन्दै हिँडिरहेका थिए । 

यही आधारमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी निरीक्षक तिम्सिनाका अनुसार प्रहरी तत्काल खटिए पनि प्रहरी चौकीबाट पाँच किलोमिटरको दुरीमा रहेको घटनास्थलमा रातिको समय र भौगोलिक जटिलताका कारण पुग्न  केही ढिला भएको  थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ