arrow

वडाध्यक्ष हत्याका मुख्य अभियुक्त हबलदारसहित चार पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १ सोमबार
dhanusa-police.jpg

जनकपुर। धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गर्ने मुख्य अभियुक्तसहित चार जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

धनुषा प्रहरीले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएअनुसार, वडाध्यक्ष यादवलाई गोली हान्ने मुख्य अभियुक्त सोही स्थानका ३५ वर्षिय शम्भु यादव हुन्, जो जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार छन्। प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।

सोही घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका ३० वर्षिय धर्मनाथ यादव, २८ वर्षिय पप्पु यादव र २८ वर्षिय मनोज कुमार यादवलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।

गत शुक्रबार अन्दुपट्टीका स्थानीय दुखी यादवको मृत्यु संस्कारको भोज ढिलो सुरु भएको विषयमा विवाद उत्पन्न भएको थियो। सोही विवादका क्रममा शम्भु यादवले वडाध्यक्ष विन्देश्वर यादवको छातीमा गोली प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ। प्रहरीले घटनामा प्रयोग भएको कटुवा पेस्तोल र गोलीको खोकासमेत बरामद भएको जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ