काठमाडौँ। मधेसका पाँच सांसदलाई सभामुखले पदमुक्त गरेका छन् । मधेस प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश सांसदलाई सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका हुन्।
बिहीबार (२०८२।०७।२७ गते) देखि लागू हुनेगरी उनीहरूको पद खोसिएको हो। पदमुक्त हुने सांसदहरूमा उर्मिला देवी सिंह (सर्लाही), मनिष कुमार सुमन (सप्तरी), संजय कुमार यादव (सर्लाही, ३(२)), सिंहासन सा कलवार (सर्लाही, ४(२)) र सारदा संकर प्रसाद कलवार (बारा, २(१)) रहेका छन्।
सभामुख मण्डलले नेपालको संविधानको धारा १८० र प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ अनुसार उनीहरू लगातार १० वटा प्रदेश सभा बैठकमा हाजिर नभएको भन्दै पदमुक्त गरेका हुन्। सूचनामा उल्लेख छ कि उनीहरू २०८२ कात्तिक २७ गतेदेखि प्रदेश सभा सदस्यबाट पदमुक्त भएकाले निजहरूको स्थान रिक्त भएको छ।